सुदूरपश्चिमको तीन नाकाबाट एकैदिन साढे ७ हजार नागरिक नेपाल प्रवेश

१६ जेठ ०७७, कैलाली । सुदूरपश्चिम प्रदेशको तीन नाकाबाट शुक्रबार साढे ७ हजार नेपाली नागरिक स्वदेश प्रवेश गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट नाकाबाट मात्रै  एकैदिन ७ हजार ४११ नेपाली नागरिक स्वदेश प्रवेश गरेका हुन् ।

सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनी अत्तरियाले दिएका जानकारीअनुसार कैलालीको गौरीफन्टा नाकाबाट ४ हजार ३५०, कञ्चनपुरको गड्डा चौकी नाकाबाट २ हजार ७७८ र बैतडीको झुलाघाट नाकाबाट मात्रै २८३ जना नेपाली नेपाल प्रवेश गरेका छन् । भने, गौरीफन्टा नाकाबाट २४३ जना भारतीय नागरिक आफ्नो देश फर्किएका छन् ।

कोभिड–१९को परीक्षण बिना नेपाल प्रवेश गर्ने नागरिकको चाप बढेसँगै स्थानीयस्तरमा क्वारेन्टाइन व्यवस्थापनमा थप समस्या र कोरोना उच्चजोखिम समेत बढेको अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश इन्चार्ज नरहरि नाथ योगीले बताए ।

  •  
  •  
  •  
  •  
  •