कोरोना संक्रमितको कूल संख्या एक हजार ४०१, निको भए २१९ जना

१७ जेठ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या एक हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले कूल संक्रमितको संख्या एक हजार ४०१ पुगेको जानकारी दिएका हुन् ।

पल्छिलो चौबीस घण्टाको अद्यावधिक विवरणअनुसार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १ हजार ४०१ पुगेको हो ।

प्रवक्ता देवकोटाले हाल आइसोलेसनमा १ हजार १७६ जना, क्वारेन्टाइनमा एक लाख १० हजार ७८ जना रहेको र निको २१९ जना भइसकेको बताए । साथै, उनले हालसम्म ६ जनाको कोरोनाबाट मृत्यु भएको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •