सरकारी विद्यालय क्वारेन्टाइन; निजी बिद्यालयमा भर्ना खोल्ने: हामीले लकडाउन किन मान्ने ?

१७ जेठ ०७७, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघका बागमती प्रदेश अध्यक्ष दिपक केसीले बन्दाबन्दीलाई सरकारले जेठ ३२ सम्म लम्ब्याउने निर्णय गरेसँगै “हामीले लकडाउन किन मान्ने ?” भनेर प्रतिक्रिया जनाएका छन् ।

बन्दाबन्दीमा मजदुरहरु रोगले भन्दा भोकले मर्नेस्थितिमा पुगेको भन्दै अध्यक्ष केसीले सामाजिक सञ्जालमा सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले मजदुरका पीडालई यसरी अभिव्यक्त गरेका छन्:

“हामी लकडाउन किन मान्ने ?”
जेठ ३२ गतेसम्म लकडाउन लम्बाउने
बिमानस्थल असार १३ गतेसम्म बन्द गर्ने
मजदुरहरू भोकभोकै मार्ने
बाँकीलाई मानसिक रोगी बनाउने
व्यापारी, ब्यबसायीका सम्पति बैंकमा बुझाउने
यातायातका साधनहरु कवाडीमा बेच्ने
कृषिजन्य उत्पादन कुहियाएर फाल्ने
इन्डियन तरकारी भित्र्याइरहने
किसानहरुलाई मल, बीउ, बिजन दिँदै नदिने
सरकारी विद्यालयमा क्वारेन्टाइन बनाउने
निजी बिद्यालयहरुमा भर्ना खोल्ने
मन्त्री मन्त्राणीका आफन्त

आसेपासेलाई पास दिलाउने
लकडाउनको बिकल्प खोज्दै नखोज्ने
सार्वजनिक गरिएको नक्सा लुकाउने
चोर दुलोबाट ‘एमसीसी’ घुसाउने
पार्टीभत्र कलह ल्याइरहने
विभिन्न वहानामा जनजनको ध्यान मोड्ने
छात्तीमाथि नाम्लो राखी भोकभोकै मार्ने
आन्दोलनको डरले लकडाउन थपिरहने
स्वास्थ्य परीक्षण सामग्री हुँदै नहुने
भएको पनि आफ्नालाई मात्र चेक गर्ने
बिना परीक्षण सीमावारी ल्याएर
कोचाकोच गाडीमा भित्र्याउँदै
१००औँ जना एउटै कोठामा थुन्ने
अनि संक्रमित संख्या बढाउने
मरिसकेपछि मात्र कोरोना पुष्टि गर्ने
दुनियाथरि वहाना बनाउदै
लकडाउन थप्ने राहत नथप्ने
कुल जनसंख्याको १० प्रतिशतलाई
परीक्षण हुने गरी बजेट छुट्याउने
लाजै पचाएर जनता झुक्याउने
आफ्नो कुर्सी टिकाउने
जनतालाई केही नदिने
कोरोना नामको बयलगाढा
हामीले कहिलेसम्म चढ्ने ?
अब यसरी नि मर्ने, उसैगरी नि मर्ने
आखिर गरिब मजदुर किसान मर्ने
अनि हामी लकडाउन किन मान्ने
हामी लकडाउन किन मान्ने ?

यद्यपि, सरकारले बन्दाबन्दीको मोडालिटी हेरफेर हुनसक्ने जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •