कोरोनाबाट ८ जनाको मृत्यु, कूल संक्रमित संख्या १५७२ पुग्यो

१८ जेठ ०७७, बाजुरा । कोरोना भाइरस संक्रमणले बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले स्थानीय क्वारेन्टाइनमा बसेकी दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारणले मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाले यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ८ पुगेको बताए ।

बुढीगङ्गा नगरपालिका–१ की ती बालिका आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् ।

प्रवक्ता देवकोटाले पछिल्लो विवरणअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५७२ जना पुगेको बताए । यस्तै २२० जना निको भएको र १ हजार ३४४ जना आइसोलेसनममा रहेको बताए ।

उनले अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको र एक लाख १९ हजार १ सय ९२ जनाको आरडीटी परीक्षण गरिएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •