तनहुँमा पहिलोपटक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

१८ जेठ ०७७, तनहुँ । जिल्ला स्वास्थ्य कार्यालय, तनहुँले जिल्लामा पहिलोपटक एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

यही जेठ १० गते भारतबाट आएर व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका ऋषिङ गाउँपालिकास्थित भिरकोटका २८ वर्षीय पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताएका हुन् ।

उनले तीन दिनअघि स्वाब नमूना सङ्कलन गरी पश्मिाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा पठाइएकोमा आइतबार बिहान रिपोर्टमा पोजिटिभ देखिएको बताए ।

उनले संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनलाई शुक्लागण्डकी नगरपालिका–४ स्थित बेलचौतारामा रहेको जिपी कोइराला अस्पतालको आइसोलेसन लगिएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •