नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्णय : एमसीसी जिम्मा पार्टीलाई दिइने

१८ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) एमसीसी एमसीसीको जिम्मा पार्टीलाई दिने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बजेटको अनुसूचीमा समेत एमसीसीसम्बन्धी उल्लेख भएको विषयमा थप स्पष्ट गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालयका बहुमत सदस्यहरु (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, प्रबक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल)ले संशोधन बिना एमसिसी संसदबाट पारित गर्न नहुने स्पष्ट गर्दै एमसिसी अध्ययन कार्यदलको सुझाव अनुरुप अघिबढ्नु पर्ने मत राखेका थिए ।

सडक, सदन र सरकारसम्म साथै पार्टीभित्रै पनि विवादमा रहेको एमसीसी सम्झौता हाल संसदमा विचाराधीन छ ।

  •  
  •  
  •  
  •  
  •