संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश

१८ जेठ ०७७, काठमाडौं । प्रतिनिधिसभा बैठकमा संविधान संशोधन-२०७६ (दोस्रो संशोधन) विधेयक पेश भएको छ ।

जेठ १० गते दर्ता भएको संविधान संशोधन विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गरेकी हुन् ।

नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले संविधान संशोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेसँगै आइतबार विधेयक सर्वसहमति संसदमा पेश गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •