थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११

१९ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले साँझ ६:१५ बजे प्रेस विज्ञप्तिमार्फत् थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ जना पुगेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संक्रमितहरु कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना, पाल्पा निस्दी गाउँपालिकाका २ जना, रुपन्देहीको गैडहवाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना रहेको बताइएको छ ।

यसअघि मन्त्रालयले नियमित पत्रकारमा सम्मेलन कोरोना संक्रमित संख्या १ हजार ७ सय ९८ पुगेका बताएको थियो ।

  •  
  •  
  •  
  •  
  •