पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २२६ जना थपिए, कूल संक्रमित १७९८ पुग्यो

१९ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ सय २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप २ सय २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको र यो सँगै संक्रमित संख्या १ हजार ७ सय ९८ पुगेको जानकारी दिएका हुन् ।

उनले हालसम्म ७१ हजार ९ सय ३ जनाको पीसीआर, १ लाख १३ हजार ७ सय ५७ जनाको आरडीटी परीक्षण गरिएको साथै १ लाख १३ हजार ७ सय ५७ जना र १ हजार ५ सय ६९ आइसोलेसनमा रहेको बताए ।

यस्तै २२१ जना निको भएको र हालसम्म ८ जना कोरोना संक्रमणबाट निधन भएको पनि उनले बताए ।

  •  
  •  
  •  
  •  
  •