कर्णालीमा थप ३५ जनामा कोरोना पुष्टि, कूल संक्रमित संख्या २३३ पुग्यो

२० जेठ ०७७, दैलेख । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या २३३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, सुर्खेतले सोमबार साँझ जारी गरेको विज्ञप्ति जारी गरेर प्रदेश अस्पताल, सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

सुर्खेत जिल्लामा १६, दैलेखमा ९, सल्यानमा ९ र अछाममा १ गरी कूल ३५ जना कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुर्खेतको लेकवेशी नगरपालिका १, २, ३, ५ का क्रमशः २१, २२, २२, २४, २६, २९, ३६ वर्षीय पुरुष र ८ वर्षीया महिला, २४ वर्षीय पुरुष, ३६, ६१ वर्षीय पुरुष, २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै पञ्चपुरी नगरपालिका १० का २५ वर्षीय पुरुष, भेरीगङ्गा नगरपालिका ११ का चार वर्षीय बालक २५ र ६० वर्षीया महिला रहेका छन् ।

यसैगरी दैलेखको नारायण नगरपालिका १, ३ र ८ मा क्रमश: १७, १९ वर्षीय पुरुष, २७, ३०, ३१ वर्षीय पुरुष र १७, २३ वर्षीय पुरुष रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का ४५ वर्षीय पुरुष, नौमुले गाउँपालिका २ का २८ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

सल्यानको वनगाडे नगरपालिका ३, ४ र ६ मा क्रमशः १७, १७, १९, १९ पुुरुष, २२, २४ र २५ वर्षीय पुरुष र २३ र २४ वर्षीय पुरुष साथै अछाम जिल्लाको चौरपाटी गाउँपालिका २ का ३१ वर्षीय पुरुषमा कोरोना देखिएको कर्णाली प्रेदशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायाण तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •