नागरिकको पीडाप्रति सरकार संवेदनशील नबनेको कांग्रेस सभापति देउवाको आरोप

२१ जेठ ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको पीडाप्रति संवेदनशील नबनेको आरोप लगाएका छन् ।

आन्तरिक राजस्व विभागले २० जेठमा सूचना निकाल्दै २५ जेठभित्र कर तिरिसक्न निर्देशन दिएपछि व्यवसायीहरूले उक्त समयमा तिर्न नसक्ने बताइरहेका बेला देउवाको यस्तो भनाई आएको हो ।

जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गर्दै देउवाले लकडाउनका कारण समस्यामा व्यवसायीहरुलाई राहत दिनुको सट्टा कर तिर्न ताकेता गरेर सरकार नागरिकप्रति संवेदनशील नबनेको आरोप लगाएका हुन् ।

‘सरकारले अनुदार ढंगले ताकेता गर्दछ भने भद्र अवज्ञा गर्नुबाहेक अर्को विकल्प नागरिकसँग रहँदैन’ कांग्रेस सभापति देउवाले भनेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशूल्कको विवरण तथा कर रकम बुझाउने म्याद असार मसान्तसम्म पु¥याउन माग गरेको छ ।

  •  
  •  
  •  
  •  
  •