कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, संक्रमित २६३४ जना

२२ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका हुन् ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यस्तै पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा संक्रमण पुष्टि भएको र कूल संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको पनि उनले बताए ।

हालसम्म संक्रमित पुरुष २ हजार ४ सय ५० र महिला १ सय ८४ पुगेका छन् ।

  •  
  •  
  •  
  •  
  •