सप्तरीका पहिलो कोरोना संक्रमित घर फर्किए : थप १३ जनामा कोरोना पुष्टि, कूल संक्रमित संख्या ६९

सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षीय मो. नसिम

देवराम यादव/२२ जेठ ०७७, सप्तरी । जिल्लाको पहिलो कोरोना संक्रमित युवा बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षीय मो. नसिमको गतबैशाख २९ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ ११ र १७ गते गरी दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

सप्तरीमा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बिहीबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सप्तरीमा संक्रमित संख्या ६९ पुगेको बताए । साथै, संक्रमितहरुको गजेन्द्रनारायण र साइकृष्णा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको पनि जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •