कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, सक्रमित २९१२ जना

२३ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सुर्खेत पञ्चपुरीका २८ वर्षीय  पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाले मृत्यु हुने व्यक्ति जेठ ८  गते भारतबाट आएको र  स्थानीय क्वारेन्टिनमा १४ दिन बसेपछि घर फकर्दा आरडीटी  गर्दा  नतिजा नगेटिभ आएपछि जेठ २२ गते घर फर्केको बताए । उनको सोही दिन मृत्यु भएपछि पिसिआर  विधिबाट परीक्षण गर्दा नतिजा पोजिटिभ आएको उनले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यस्तै, पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २७८ जनामा संक्रमण पुष्टि भएको र कूल संक्रमित संख्या २ हजार ९ सय १२ पुगेको उनले बताए ।

  •  
  •  
  •  
  •  
  •