गण्डकी प्रदेश सभाबाट आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम पारित

२३ जेठ ०७७, कास्की । गण्डकी प्रदेश सभाले तीन दिनसम्म छलफल गरेर आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

जेठ १८ गते प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले पेश गरेको नीति तथा कार्यक्रम प्रदेश सभाको बिहीबार बसेको बैठकले बहुमतले पारित गरेको हो ।

सांसदहरुले छलफलमा उठाएका सावलहरुको जवाफ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबारको बैठकमा दिएका थिए ।

नीति तथा कार्यक्रममाथि ४७ जना प्रदेश सभा सदस्यले आ–आफनो धाराणा राखेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रतिपक्ष र सत्ता पक्षका केही सांसदले निर्वाचन पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरे पनि मुख्यमन्त्रीले खारेज नहुने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •