दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

२३ जेठ ०७७, काठमाडौं । चलचित्र निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्देशक तथा प्रोड्युसरका रूपमा परिचित दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि केही समयअघि आवेदन माग गरेको थियो ।

नायक भुवन केसी, निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती (भीमा), ध्यान बहादुर राई, परशुराम चौधरी, नायक सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ, निखिल उप्रेतीलगायतले अध्यक्ष पदमा आवेदन दिए पनि सरकारले दाहाललाई नियुक्त गरेको हो ।

  •  
  •  
  •  
  •  
  •