बजेट निर्माणमा संसदको भूमिका, बिचारको भूमिका के ? – सांसद गगन थापा

२४ जेठ ०७७, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बजेट निर्माणमा संसदको भूमिका नदेखिएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले यस्तो बताएका हुन् ।

“पञ्चायतमा जसरी बजेट निर्माण गर्दथ्यौं, बहुदलमा त्यसै गर्यौं । बहुदलमा जे गर्यौं गणतन्त्रमा त्यसकै पछि लाग्यौं,” उनले भने, “बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भूमिका के ? हाम्रो बिचारको भूमिका के ?”

संसदमा बोले पनि के नबोले पनि बोल्नुको अर्थ नरहेको भन्दै सांसद थापाले आफूहरुले बोलेको मन्त्रीले एउटा कानले सुन्ने अर्को कानले उडाइदिने बताए ।

यसैगरी स्थानीय पूर्वाधार विकास (सांसद विकास) कोषका नाममा योजना छनौट गर्ने अभ्यासले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको बताउँदै यसपटकको बजेटबाट यो कोषलाई हटाउनु पर्नेमा उनले जोड दिए ।

  •  
  •  
  •  
  •  
  •