२१३ संक्रमित थपिएसँग कुल संक्रमित संख्या ३४४८ पुग्यो

२५ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३ हजार ४ सय ४८ पुगेको बताएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २०९ पुरूष र चार महिलामा थप संक्रमण देखिएको बताएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल संख्या ३ हजार ४ चार सय ४८ पुगेको छ ।

त्यसैगरी, आजमात्रै दुई महिलासहित १०२ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •