आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

२६ जेठ ०७७, कास्की । आइतबार कोरोना संक्रमण पुष्टि भएका आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ निवासी भएका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आएका थिए ।

भारतको राजधानी दिल्लीमा बस्दै आएका ती व्यक्ति श्रीमतीसहित विभिन्न सवारी साधनमार्फत् नेपाल भारत सीमा सुनौलीसम्म आएको र त्यहाँबाट गाडी रिजर्भ गरेर वालिङ आएको बुझिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ती पुरुषका श्रीमती, सुनौलीदेखि स्याङ्जासम्म ल्याउने सवारी साधन, स्याङ्जाबाट पोखरासम्म ल्याउने सवारी, यस बीचमा उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको आइतबारबाटै खोजबिन सुरु गरेको जनाएको छ ।

विज्ञप्ति

  •  
  •  
  •  
  •  
  •