कोरोनाबाट मृत्यु हुने संख्या १४, कूल संख्या ३ हजार ७ सय ६२

२६ जेठ ०७७, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको कूल संख्या १४ पुगेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो अद्यावधिक विवरण अनुसार नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको बताएका हुन् ।

उनले आजसम्म १ लाख ९ सय ७१ जनाको पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी गरी कूल २ लाख ५७ हजार ९ सय ६२ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए ।

डा.गौतमले आज ४ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको बताउँदै अहिलेसम्म संक्रमितको संख्या ३ हजार ७ सय ६२ जना पुगेको साथै ३ हजार २ सय ६० जना आइसोलेसनमा रहेको र ४ सय ८८ जना निको भएको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •