गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १ सय १५ पुग्यो

२६ जेठ ०७७, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ सय १५ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार पीसीआर परीक्षणका लागि गण्डकीमा ५६५८ नमूना संकलन गरिएकोमा ९७९ जनाको नतिजा आउन बाँकी रहँदा ११५ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये ४ जना निको भइसकेका छन् ।

निर्देशनालयले सोमबार बिहान प्रेस विज्ञप्ति जारी गरेर कोरोना संक्रमित स्याङ्जाका ६० वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

  •  
  •  
  •  
  •  
  •