सजपामा दुई अध्यक्षको व्यवस्था : राई, भट्टराई र महत्तो वरिष्ठ नेता

२६ जेठ ०७७, काठमाडौं । जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दुई अध्यक्षसहितको व्यवस्था गरेर औपचारिक रूपमा दल दर्ताका लागि निवेदन दिएको छ ।

औपचारिक दल दर्ता नभएको नयाँ पार्टी सजपा (समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी)ले केही हस्ता अघि पार्टी एकता गरे पनि आइतबार औपचारिक दल दर्ता गर्न निवेदन दिएका हुन् ।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहेको छ भने पार्टीका पदाधिकारी र सदस्यहरूको नामावली सूचीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् ।

यस्तै वरिष्ठ नेतामा आशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महत्तोको नाम रहेको छ ।

  •  
  •  
  •  
  •  
  •