सप्तरीमा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

२६ जेठ ०७७, राजविराज । सप्तरीमा सोमबार एकै दिन २३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक राजविराज नगरपालिकाका ७ र भारतसँग सीमा जोडिएको बलानबिहुल गाउँपालिकाका १६ गरी एकैदिन २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या ७७ बाट एक सय पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरस्थित कोशी अस्पतालबाट सोमबार प्राप्त स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिाएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बलानबिहुल गाउँपालिकामा सबैभन्दा बढी २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसपछि राजगढ गाउँपालिकामा १३, राजविराज नगरपालिका र डाक्नेश्वरी नगरपालिकामा १२÷१२, हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र छिन्नमस्ता गाउँपालिकाका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका र तिरहुत गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बन्दाबन्दीलाई खुकुलो बनाउँदै लैजादा एकपछि अर्को संक्रमित थपिदै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानियले आवश्यक सुरक्षा सतर्कता अपनाउन र तयारीलाई चुस्त दुरुस्त बनाउनु पर्ने माग गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •