आउजी परिवारलाई क्षतिपूर्ति र निश्कासित कर्मचारीलाई पुर्नवहाली गर्न स्वास्थ्य श्रमिक संघको माग

२७ जेठ ०७७, काठमाडौं । अखिल नेपाल स्वास्थ्य श्रमिक संघले अछामको वयलपाटा अस्पतालमा कार्यरत मजदुर सिद्धार्थ आउजीलाई आत्मदाह गर्ने अवस्थामा पु-याउने अस्पताल प्रशासन र कर्मचारीलाई कारवाही साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताएको छ ।

संघकी केन्द्रीय अध्यक्ष निशा खरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर अस्पतालबाट निश्कासित ३३ कर्मचारीहरु मध्ये सिद्धार्थ आउजीलाई आत्मदाह गर्ने परिस्थिति सृजना गर्ने, गराउने अस्पताल प्रशासन, कर्मचारीलाई कडा करवार्ही गर्न र मृतकका परिवारलाई रोजगरी साथै बाल बच्चाको पालनपोषण र पठनपाठनको उचित व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

अस्पतालले रोजगारीबाट निश्काशन गरेपछि “आन्दोलनरत् कर्मचारी मध्येका सिद्धार्थ आउजीले मिति २०७७ जेष्ठ २६ गते अस्पातलको अकास्मिक कक्षमा आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने परिस्थिति सृजना गर्ने गराउने अस्पताल प्रशासन, कर्मचारीलाई तुरुन्तै कडा भन्दा कडा करवार्ही गर्न सम्बन्धित निकार्यलाई आग्रह गर्दछौं,” अध्यक्ष खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मृतकका परिवारलाई रोजगरी, बाल बच्चाको लालनपालनको व्यवस्था मिलाउन र परिवारलाई क्षतिपूर्ति स्वरुप १५ लाख रुपैयाँ उपलबध गराउन माग गर्दछौ ।”

अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी अध्यक्ष निशा खरेलले बयलपाटा अस्पतालबाट निश्कासित सबै कर्मचारीहरुलाई यथाशीघ्र पुर्नवहाली गर्नुपर्ने अन्यथा यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा अस्पताल र प्रशासनले लिनु पर्ने चेतावनी समेत दिएकी छन् ।

प्रेस विज्ञप्ति :

  •  
  •  
  •  
  •  
  •