भारत र चीनको विदेशमन्त्री बीच सीमा विवाद सम्बन्धमा कुराकानी

४ असार ०७७, काठमाडौं । भारत र चीनको विदेशमन्त्री बीच दुई देशीय सीमा विवाद साथै लद्दाख भिडन्तको घटनामा कुराकानी भएको छ ।

सोमबार साँझ लद्दाखसँग जोडिएको गाल्भान क्षेत्रमा भएको भिडन्तका विषयमा एकले अर्काको विरोध जनाएको बीबीसीले जनाएको छ ।

भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकर र चिनियाँ विदेशमन्त्री याङ यीले बीच भएको टेलिफोन सम्बादका क्रममा भारतले आफ्नो भूमिमा चीनले पूर्वाधार निर्माण गरेको दाबी गरेको र चिनियाँ विदेशमन्त्रीले आफ्नै भूभागमा संरचना निर्माण गर्दा भारतीय सेनाले पहिले आक्रमण गरेको दाबी गरेको बताइएको छ ।

गाल्भान भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।

टेलिफोन संवादमा दुबै मन्त्रीले स्थितिलाई थप तनाबमय बनाउन नहुने प्रतिबद्धता व्यक्त जनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •