भारतमा चिनियाँ वस्तुहरु बहिष्कार अभियान !

६ असार ०७७, काठमाडौं । भारत र चीनबीच लद्दाख क्षेत्रमा भएको सीमा बिबादसँगै भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान चलाइएको छ ।

गत सोमबार लद्दाखको गाल्भान उपत्यकामा चीन र भारतका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको ज्यान गएपछि भारतीयहरुले चिनियाँ सामग्रीको प्रयोग नगर्न अभियान नै चलाएका हुन् ।

भारतीय बालबालिकाले पनि आफ्ना चिनियाँ खेलौनालाई बहिष्कार  गरेको समाचार आइरहेका छन् । एक बालिकाले चाइनिज टोयलाई लात्तीले हान्दै ढोकाबाहिर लगेर जलाएको भिडियो भाइरल नै भएको छ । भने, युवाहरुले भारतीय उत्पादनको स्वीकार गरौं, चिनियाँ उत्पादनलाई बहिष्कार गरौं लेखिएका व्यानरसहित प्रदर्शनमा उत्रिएका छन् ।

यद्यपि, भारतका लागि चीन र चीनका लागि भारत ठूला बजार भएकाले दुबै देशले आफ्नो बजार गुमाउने स्थितिमा पुगेको भने देखिँदैन ।

  •  
  •  
  •  
  •  
  •