भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्वराजा देश छोड्दै

काठमाडौं । स्पेनका पूर्वराजा ख्वान कार्लोसमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको छ ।

बीबीसीका अनुसार करिब ४० वर्ष राज गरेर सन् २०१४ मा गद्दी त्यागेका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको छ ।

स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म ल्याएका पूर्वराजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नुपरेमा आफू उपलब्ध हुने समाचारमा उल्लेख गरिएको छ ।

साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ

  •  
  •  
  •  
  •  
  •