आंशिक शिक्षकद्वारा पृथ्वीनारायण क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

२५ साउन ०७७, कास्की । पृथ्वीनारायण क्याम्पसका आन्दोलनरत् आंशिक शिक्षकहरुले क्याम्पसको मूलद्वारमै तालाबन्दी गरेका छन् ।

आइतबार आंशिक शिक्षकहरुले ‘समान कामको समान ज्याला’ माग गर्दै तालाबन्दी गरेका हुन् ।

उनीहरुले विगत १४ वर्षदेखि चरणबद्ध आन्दोलन गरेपनि त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्रजिम्मेवार बनेकाले तालाबन्दी गर्नुपरेको बताएका छन् ।

प्राडा सरोज कोइराला क्याम्पस प्रमुख बनिसकेपछि आंशिक शिक्षकको माग साउन २२ सम्म रिक्त दरबन्दी ल्याउने र आंशिक शिक्षकलाई नियमित गर्ने भनेर लिखित प्रतिबद्धता जनाएको तर सहमति कार्यान्वयन नभएपछि पुनः आन्दोलनमा उत्रिनुपरेको आंशिक प्राध्यापक संघले बताएको छ ।

हाल क्याम्पसका २ सय २० जना आंशिक शिक्षकले मात्रै पठनपाठनको करिब ७० प्रतिशत कक्षाभार लिइरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •