त्रिविको परीक्षा तत्काल सञ्चालन नहुने

२९ साउन ०७७, काठमाडौं । आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी थालेको त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने बताएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ को संक्रमण बढेकाले त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने जानकारी दिए ।

पनिकाले बन्दाबन्दी खुलेसँगै परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि स्थगन गरिएको उनले बताए ।

अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको बताउँदै परीक्षा नियन्त्रक जोशीले परीक्षा नियन्त्रण कार्यालयले बन्दाबन्दी खुलेयता २८ वार्षिक साथै सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको बताए ।

 

  •  
  •  
  •  
  •  
  •