मातहतका निकायलाई आलोपालोका आधारमा सेवा प्रवाह गर्न शिक्षाको मन्त्रालय निर्देशन

२९ साउन ०७७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई आलोपालोका आधारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार मातहतका निकायलाई पत्रचार गरेर ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो उपस्थित हुने, अन्य कर्मचारीहरुलाई सुरक्षित रुपमा घरबाटै समपादन गर्न सकिने तोकिएको कार्यहरु गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले शिक्षक सेवा आयोग सानोठिमी भक्तपुर, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुर, केसर पुस्तकालय केसर महल काठमाडौं, राष्ट्रिय किताबखाना (शिक्षक) म्युजियममार्ग छाउनी, प्राविधिक तथा व्यवसायिक तालिम परीषद् सानोठिमी भक्तपुर, विश्व विद्यालय अनुदान आयोग सानोठिमी, डिल्लीरमण कल्याण स्मारक पुस्तकालय लाजिम्पाट, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुर, शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना नक्साल, प्राविधिक तथा व्यवसायिक तालिम अभिवृद्धि परियोजना बुद्धनगर साथै सबै महाशाखा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारलाई यस्तो निर्देशन दिएको हो ।

  •  
  •  
  •  
  •  
  •