त्रिभुवन विश्वविद्यालयले जनसम्पर्क हुने सबै सेवाका कार्य बन्द गर्ने

१ भदौ ०७७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण दर बढ्दै गएपछि जनसम्पर्क हुने सबै सेवाका कार्य बन्द गर्ने भएको छ ।

आइतबार त्रिभुवन विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी गरेर मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने जनाएको छ ।

सूचनामा शिक्षक तथा कर्मचारीले आफ्ना प्रमुखसँगको समन्वयमा भर्चुअल कक्षा सञ्चालन गर्ने साथै आवश्यक कार्य घरबाटै सम्पादन गर्ने भन्दै जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने उल्लेख गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •