स्कुलमा तास खेलिरहेको अवस्थामा हेड सरसहित ११ जना पक्राउ

१२ भदौ ०७७, चितवन । जिल्लाको खैरहनीस्थित एक विद्यालयमा तास खेलिरहेको अवस्थामा हेड सर (प्रधानाध्यापक)सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो करिब १ बजेको समयमा खैरहनी नगरपालिका वडा नं. २ स्थित ‘लटिल हेभन स्कुल’मा तास खेलिरहेको अवस्थामा प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीले पक्राउ परेकाहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको र उनीहरुलाई हिरासत राखेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •