पुजारी हत्याको गलत रिपोर्ट दिने प्रहरी अधिकृतलाई कारवाही गर – सांसद प्रभू साह

२१ भदौ ०७७, ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका संघीय सांसद प्रभू साहले रौतहटमा भएको पुजारी हत्याकाण्डमा प्रहरीको प्रतिवेदन गलत रहेको भन्दै पुजारी हत्याको गलत रिपोर्ट दिने प्रहरी अधिकृतलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

सांसद साहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पुजारी हत्याकाण्डमा प्रहरीको प्रतिवेदन गलत रहेको भन्दै हत्याकाण्डको गलत रिपोर्ट दिने अनुसन्धानमा संलग्न प्रहरी, प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।

“पुजारी हत्याकाण्डमा गलत रिपोर्ट दिने प्रहरी प्रमुखलाई कारवाही गर,” साहले भनेका छन्, “गरुड़ा “निरन्जन राम” हत्याको अनुसन्धानमा रौतहट प्रहरीको गÞलत भूमिकाको कारणले बिजय रामको मृत्यु भएको चर्चा सेलाउन न पाउदै फेरि “पुजारी हत्याकाण्ड” मा पनि प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठन थालेको छ ।”

पुजारी हत्याकाण्डमा नेपाल प्रहरीले गरेको गहिरो छानबिन एवं अनुसन्धानको हवाला दिंदै प्रदेश प्रहरी कार्यालयले पुजारीको हत्या लेनदेनको कारण भएको लिखित प्रतिवेदन सार्वजनिक गरेको भन्दै साहले कुनै लेनदेन नै नभएको पुजारीको परिवार र प्रतिवादीको बुवाले गरिसकेकाले प्रहरी प्रतिवेदनमाथि विश्वास नरहेको उल्लेख गरेका छन् ।

“यस घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरन्त निलम्बन गरी घटनाको पुनः छानबिन गर्न जरूरी छ,” उनले लखेका छन्, “यसप्रति नेपाल सरकार गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण होस् ।”

  •  
  •  
  •  
  •  
  •