काकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

२३ भदौ ०७७, काठमाडौं । काकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द भएको छ ।

सार्वजनिक सूचना जारी गरेर रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण समेत टुंगो नलाग्दै रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी रेलमार्ग बनाउन ठेक्का आह्वान गरेको थियो । अब ती सबै ठेक्का रद्द भएका छन् ।

गत बुधबार एक विज्ञप्ति जारी गरेरै नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणमा अर्बौं रुपैयाँ हचुवाको भरमा खर्च गरिएको भन्दै न्यायिक निकायबाट छानबिन हुनुपर्ने बताएका थिए ।

उनले विज्ञप्तिमा सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाको भरमा खर्च गरिनु अनुचित रहेको उल्लेख गर्दै ठेक्कापट्टा रोकेर संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार लगायत न्यायिक निकायबाट छानबिन गर्नुपर्ने समेत उल्लेख गरेका थिए ।

यस्तै नेता पौडेलले रेलमार्ग निर्माणको जिम्मा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको समेत बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •