एमसीसीका विषयमा आफूविरुद्ध कुप्रचार गरिएको नेकपाका नेता रावलको भनाई

२७ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट नेकपाका स्थायी समिति सदस्य भिम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याट) एमसीसीका सवालमा आफूविरुद्ध कुप्रचार गरिएको बताएका छन् ।

नेता रावलले शनिबार बिहान ट्वीट गरेर आफूले भन्दै नभनेको कुरा एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार गरिएको बताएका हुन् ।

आफूले देशभक्तिपूर्ण अडान छाडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो भन्नेहरुलाई उनले कुत्सित सपना नदेख्न पनि भनेका छन् ।

“मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्,” रावलले ट्वीटमा लेखेका छन्, “यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन् ।”

 

  •  
  •  
  •  
  •  
  •