साना तथा मझौला सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउने निर्णय अव्यवहारिक

२७ भदौ ०७७, काठमाडौं । यातायात मजदुर तथा व्यवसायीहरुले उपत्यकामा साना तथा मझौला सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयको निर्णय अव्यवहारिक र विभेदकारी रहेको बताएका छन् ।

यातायात मजदुर तथा व्यवसायीको सयुंक्त कार्यदलद्वारा शुक्रबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै जिल्ला प्रशासन कायालय काठमाडौं, भक्तपुर र ललितपुरले जारी गरेको मिति २०७७ भाद २४ गतेको निर्णय विभेदकारी रहेको बताएका हुन् ।

करिब ६ महिनादेखि सार्वजनिक यातायात नचल्दा ११ लाख यातायात श्रमिक तथा ३ लाख ६० हजार यातायात व्यवसायी प्रभावित रहेको भन्दै ध्यानाकर्षण पत्रमा ४५ लाख भन्दा बढी आश्रित परिवार प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ ।

“करिब ६ महिनादेखि सार्वजनिक यातायात चल्न सकेका छैनन । जसका कारण ११ लाख यातायात श्रमिक र ३ लाख ६० हजार यातायात व्यवसायीहरूसँग प्रत्यक्ष आश्रित परिवारका ४५ लाख भन्दा बढीको जीवन संकटमा परेको छ,” पत्रमा भनिएको छ, “जिल्ला प्रशासन कायालय काठमाडौं, भक्तपुर र ललितपुरले जारी गरेको मिति २०७७ भाद २४ गतेको निर्णय अनुसार १६ सिट मुनिका सार्वजनिक सवारी साधनहरू माइक्रोबस, टेम्पो संचालनमा रोक लगाउने निर्णय अव्यवहारिक र विभेदकारी रहेकाले उक्त निर्णय सच्याउँदै १६ सिट मुनिका सवारी साधनहरु अबिलम्ब सञ्चालन अनुमति प्रदान गरिदन हुन अनुरोध गर्दछौं ।”

कार्यदलले यस अघि मनत्री नेम्वाङलाई बुझाएको ज्ञापन पत्रको पुनः स्मरण गराउँदै आफ्ना मागहरु पूरा नभए श्रमिक तथा व्यवसायीहरु स्वतस्फुर्त सवारी साधनहरु सञ्चालन गर्न बाध्य हुने समेत पत्रमा उल्लेख छ ।

व्यवसायी र मजदुरको संयुक्त कार्यदलले बिदेशवाट फर्किएका हवाई यात्रुहरुलाई आफनो गन्तव्यसम्म पु¥याउन सरकारले सीसीएमसी मार्फत् सञ्चालन गरेको होल्डिङ सेन्टरबाट यातायात व्यवस्थापन गर्दा लाखौं अनियमितता भएको भएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारवाही गर्न अनुरोध समेत गरेको छ ।

मन्त्री नेम्वाङलाई बुझाएको ज्ञापन पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भिमज्वाला राईले हस्ताक्षर गरेका छन् ।

पत्रको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •