एक हजार ४५९ मा कोरोना पुष्टि, थप निधन ११ जना

३० भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार ४५९ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

यस्तै उनले हाल आइसोलेसनमा १५ हजार ७७९ जना र क्वारेन्टाइनमा ७ हजार २५० जना रहेको बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा एक हजार ६२ जना निको भएर घर फर्किएको साथै हालसम्म हुनेको कूल संख्या ४० हजार ६३८ पुगेको जानकारी दिए ।

यस्तै उनले थप ११ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ३ सय ७१ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •