नेकपाद्वारा १६ बुँदे अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठसहित)

३० भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको पाचौँ बैठक सम्पन्न भएसँगै १६ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

गत १० असारमा सुरु भएको बैठक यही भदौ २६ मा सम्पन्न भएसँगै अध्यक्षद्वयले हस्ताक्षर गरी सोमबार अन्तरपार्टी निर्देशन–५ जारी गरेका हुन् ।

अन्तरपार्टी निर्देशनमा अप्रिय एवम् कटुतापूर्ण बन्दै गएको पार्टीभित्रको अन्तरविरोध, पार्टी तथा सरकारको काम र कोविड–१९ को महामारी तथा सीमा समस्या लगायतमा केन्द्रित स्थायी समिति बैठक पार्टी इतिहासमै विशिष्ट महत्वको हुनपुगेको उल्लेख छ ।

मूलतः अन्तरपार्टी निर्देशन–५ मा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्दति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथ कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा गर्ने कार्यहरु, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको कामका सम्बन्ध गरिने कार्यहरु, संसदीय दलको भूमिका, प्रदेश र स्थानीय सरकारको भूमिकाका विषयमा स्पष्ट गरिएको छ ।

यस्तै सो निर्देशनमा नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोविड–१९ महामारी रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने सम्बन्धमा, बाढी पहिरोद्वार सिर्जित प्राकृतक विपत्तिको सामना गर्ने बारेमा, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने विषय, प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने साथै मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धमा उल्लेख गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •