प्रधानमन्त्री ओलीद्वारा जापानी समकक्षीलाई बधाई ज्ञापन

१ असोज ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार नवनिर्वाचित जापानी समकक्षी सुगालाई बधाई ज्ञापन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ सुमधुर र सौहाद्रपूर्ण बनाउन मिलेर काम गर्ने प्रतिवद्धता जनाएको प्रेस सल्लाहकार थापाले बताएका छन् ।

स्वास्थ्य समस्या देखाएर जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेले पद त्याग गरेपछि बुधबार जापानको संसदमा भएको मतदानबार आवेको मन्त्रीपरिषदमा मुख्यसचिवकोरुपमा रहेकासुगा नयाँ प्रधानमन्त्री चयन भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •