भिमफेदी–कुलेखानी सडकखण्डमा जिपलाई पहिरोले पुर्दा चालकको मृत्यु

७ असोज ०७७, मकवानपुर । जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित देउराली नजिकै गुडिरहेको बा १७ च ४८७४ नम्बरको जिपलाई पहिरोले पुरिँदा जिप चालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जिपलाई पहिरोले पुर्दा जिप चालकको मृत्यु भएको तर उनकोे सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको हो ।

इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले सडकको माथिबाट चट्टानसहितको माटोको पहिरो गुडिरहेको जिपमाथि खसेको बताउँदै अहिले पहिरो हटाउने कार्य भइरहेको बताए ।

  •  
  •  
  •  
  •  
  •