थप एक हजार ४९७ मा कोरोना पुष्टि, १७ जना संक्रमितको निधन

८ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार ४९७ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा १८ हजार ४३७ जना र क्वारेन्टाइनमा ६ हजार ५६५ जना रहेको उनले बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा ४५७ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ५० हजार ४११ पुगेको जानकारी दिए ।

यस्तै उनले थप १७ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ४५३ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •