बैकल्पिक अध्ययनलाई निरन्तरता दिनुपर्नेमा शिक्षामन्त्रीको जोड

१० असोज ०७७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैकल्पिक अध्ययन प्रणालीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै मनत्री पोखरेलले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम यथावत रहेकाले विद्यालय खोल्नुभन्दा बैकल्पिक अध्ययन प्रणालीलाई निरन्तरता दिन जोड दिएका हुन् ।

‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल बैठकमा बोल्दै मन्त्री पोखरेलले शिक्षालयमै संक्रमण देखिए नियन्त्रण गर्न कठिन हुने भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीलाई जोड दिनपर्ने बताए ।

कतिपय जिल्लामा विद्यालयहरुले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाईसुरु गरिसकेको भन्दै उनले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा अनिवार्य पुग्न निर्देशन समेत गरिसकेको बताए ।

  •  
  •  
  •  
  •  
  •