असंवैधानिक निर्णय सरकारले तुरुन्त सच्याउनु पर्ने मातृका यादवको माग

१९ कार्तिक ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य मातृका प्रसाद यादवले आफूसम्बद्ध पार्टीको सरकारको निर्णय संघीयता विरोधी रहेको भन्दै तुरुन्त सच्याउन सरकारसँग माग गरेका छन् ।

धनुषा १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेकपाका स्थायी समिति सदस्य यादवले वर्तमान सरकारको नेतृत्वलाई संकेत गर्दै बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” नलेख्ने निर्णय गरेको साथै कानुन मन्त्रालयबाट गत असोज २८ गते “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को स्थानमा “नेपाल” मात्र लेख्न मातहतका निकायलाई पत्राचार गरिएकोमा सो निर्णय सच्याउनु पर्ने बताएका हुन् ।

“२०७७ साल असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गर्नु र कानुन मन्त्रालयबाट गत असोज २८ गते “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” को स्थानमा “नेपाल” मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ्या अनुसार चलाउन खोज्नु महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं महान् शाहिदहरूको अपमान र संघीयता विरोधी कदम भएकोले यसको भत्र्सना गर्दै महान् शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सवै परिवतनकारीहरूसँग हार्दिक अपिल गर्दै यस्ता असंवैधानिक निर्णय तुरुन्त सच्याउन सरकारसँग माग गर्दछु” पूर्वमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य यादवको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •