थप तीन हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना संक्रमितको निधन

१९ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा तीन हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार गएको चौबीस घण्टामा तीन हजार ३०९ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा ३६ हजार ९११ जना र क्वारेन्टाइनमा १ हजार ३०५ जना रहेको मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा तीन हजार ८४४ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या एक लाख ४४ हजार ९७८ जना पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयले थप ३० जना कोरोना संक्रमितको निधन भएको बताएको छ भने योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या १ हजार ३४ पुगेको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •