कोरोना संक्रमित दुई हजार ५६९ जना थपिए, कूल दुई लाख २ हजार ३२९

२६ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा कोरोना भाइरसका संक्रमित दुई हजार ५६९ जना थपिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा कोरोना भाइरसका संक्रमित दुई हजार ५६९ जना थपिएको छ भने योसँगै कुल संक्रमित दुई लाख २ हजार ३२९ पुगेको छ ।

मन्त्रालयले हाल ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेको र क्वारेन्टाइनमा ११ सय ९ जना रहेको बताएको छ ।

यस्तै मन्त्रालयले हालसम्म एक लाख ६२ हजार २४३ कोरोना संक्रमित निको भएर घर फर्केको जनाएको छ ।

यसैगरी, पछिल्लो चौबीस घण्टामा २६ जना संक्रमितको निधन भएको र योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको पनि जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •