श्रममन्त्री यादवद्वारा लालबन्दीमा आश्रय भवन शिलान्यास

३ मंसिर ०७७, सर्लाही । जिल्लाको लालबन्दीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आकास्मिक आश्रय भवन शिलान्यास गरेका छन् ।

प्राकृतिक विपत्तिको समयमा मानवीय संकट सिर्जना नहोस् भनेर उक्त भवनको मन्त्री यादवले शिलान्यास गरेका हुन् ।

लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठका अनुसार भवन निर्माणका लागि प्रशान्त आर्चाय, कृष्ण दाहाल, गोविन्द महत, सूर्यनारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लालबहादुर गोले र दिलकुमारी पाख्रिङले चार कठ्ठा पाँच धुर जग्गा सहयोग गरेका थिए ।

सो भवन संघीय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत दुई करोड ५० लाख रुपैयाँमा निर्माण हुने बताइएको छ ।

यस्तै शहरी विकास तथा भवन निर्माण कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिका–८ मा ६ करोड, वडा नं–४ मा पाँच करोड साथै हरिवन नगरपालिका– १ मा दुई करोड ५० लाख रुपैयाँको लागतमा भवन निर्माण हुने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •