नारायणहिटी दरबार संग्रहालय आइतबारबाट पुनः खुला

६ मंसिर ०७७, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयको तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवास ‘श्रीसदन’ आइतबारदेखि नागरिकका लागि खुला गरिने भएको छ ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन सर्वसाधारणका लागि खुला गर्न लागिएको जानकारी दिए ।

कार्यकारी निर्देशक दाहालले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सर्वसाधरणका लागि १२ वटा कोठा रहेको श्रीसदन खुला गरिएको औपचारिक शुभारम्भ गर्ने बताए ।

उनले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्दाबन्दी सुरु भएसँगै बन्द गरिएको नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि आइतबारबाटै पुनः खुला हुने पनि बताए ।

  •  
  •  
  •  
  •  
  •