गएको २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना पुष्टि

७ मंसिर ०७७, काठमाडौं । गएको पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ३२ जनाको स्वास्थ्य परीक्षण गर्दा १६६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या १९ हजार ९६३ जना रहेका छन् । हालसम्म निको हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको छ भने ६८६ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९५७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने योसँगै कूल मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।

 

  •  
  •  
  •  
  •  
  •