कमरेड ओली आउनुस्, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं – गगन थापा

२५ पुस ०७७, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताका बीच खुलामञ्चमा बसेर संविधान पढ्न आउन चुनौती दिएका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले शुक्रबार धनगढीका आयोजित ओली समूहको एक कार्यक्रममा संसद विघटन असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए ।सोको कडा शब्दमा प्रतिक्रिया जनाउँदै शनिबार नेता थापाले प्रधानमन्त्रीलाई खुलामञ्चमा जनताका बीच बसेर संविधान पढ्न चुनौती दिएका हुन् ।

“कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं,” नेता थापाले भनेका छन्, “तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।”

उनले प्रधानमन्त्री ओलीलाई संसदको सामना गर्न नसकेर भगौडा जस्तो भागेको भन्दै युद्ध जितेर आएको जस्तो नगर्न समेत सुझाएका छन् ।

“प्रधानमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो,” संसद विघटनविरुद्ध आयोजित विरोध सभामा नेता थापाले भने, “संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने ?

  •  
  •  
  •  
  •  
  •