संविधान जोगाऔं, लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रलाई रोकौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

५ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले चारबुँदे अपील जारी गरेको छ ।

सोमबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले “प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध जागौं, संविधानको रक्षा गर्न सडक संघर्षमा लागौं !” मूल नारा दिई लोकतन्त्र समर्थक सम्पूर्ण जनसमुदाय र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का समस्त कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुलाई चारबुँदे अपील गरेका हुन् ।

नेपाली जनताको दशकौंको बलिदानपूर्ण संघर्षबाट निरकुश राजतन्त्रलाई समाप्त गरी सामन्तवादको राजनीतिक आधारलाई उन्मूलन गर्न सफल भएको भन्दै अपीलमा भनिएको छ, “प्रतिगमनका विरुद्ध एकजुट बनौं, प्रधानमन्त्रीद्वारा फैलाइएका भ्रमहरुबारे स्पष्ट बनौं, संविधान जोगाऔं, लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रलाई रोकौं, देश जोगाउन मैदानमा उत्रौं ।”

यस्तै अपीलमा आफूहरुको पनि कमी कमजोरी रहेको स्वीकार्दै “आत्मआलोचित भएर जनभावनाअनुरूप अगाडि बढ्नु पर्ने आवश्यकता छ । यो आवश्यकताप्रति हाम्रो गम्भीर ध्यान गएको छ हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरूप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौ ।”

गत पुस ५ गते प्रधानमन्त्री खड्ग प्रसाद ओली (केपी शर्मा ओली)ले प्रतिनिधिसभा विघटन गरेपछि उनको असंवैधानिक, अलोकतान्त्रिक साथै स्वेच्छाचारी, निरंकुशता प्रतिगमनकारी कदमको सवत्र विरोध भइरहेको छ । तर, यतिबेला आमजनता र साधारण कार्यकर्ताले प्रश्न पनि गरिरहेका छन्, “संसद पुनस्र्थापना भयो भने पनि विघटित सांसदहरु नै सांसद बहाली हुने र भत्ता पाउने साथै मन्त्री र लाभका पदहरुमा पुग्ने हुन् । आन्दोलनबाट जनताले पाउने चाहिँ के हो ? हिजो यिनै मान्छेहरु सत्तामा पुगे तर जनयुद्ध, जनआन्दोलनका सहिद, वेपत्ताहरुले के पाए ? आज पनि उनीहरुमाथि अपमानको श्रृङ्खला जारी छ, किन ?

उक्त प्रसंगलाई जोड्दै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगरले भने, “सत्तामा हुँदा जनता र कार्यकर्ता भुलेकाहरुले खड्ग ओलीको प्रतिगमनसँगै जनता र कार्यकर्ता खोज्न थालेका छन्, यो सकारात्मक हो । तर, यिनीहरु फेरि पनि सत्तामा पुगेपछि आफ्ना, आफन्त, नाता र फरिया साथै चाकरी गर्नेहरुको वरिपरि घुमे भने जनताले आगामी दिनमा राम्रोसँग हिसाबकिताब गर्नेछ । अहिलेलाई ओलीगमनविरुद्ध, ओलीको अलोकतान्त्रिक साथै असंवैधानिक कदमकाविरुद्ध आन्दोलको विकल्प छैन् ।”

यस्तो छ, नेकपाका अध्यक्षद्वय प्रचण्ड–माधवको अपील (पूर्णपाठसहित)

  •  
  •  
  •  
  •  
  •